Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > विराटनगरमा पनि मनाइयो योग दिवस

विराटनगरमा पनि मनाइयो योग दिवस

विराटनगर, १ माघ । ‘शान्ति र समृद्धिका लागि योग’ नारा सहित आज राष्ट्रिय योग दिवस मनाइँदैछ ।

विराटनगरस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा विराटनगर–१० स्थित सेवा केन्द्र भवनमा आयोजित कार्यक्रमकाबीच बोल्नुहुँदै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र प्रदेश १ की प्रमुख संचालिका ब्रह्माकुमारी गिता दिदिले मानवजीवनका लागि योग अपरिहार्य रहेको बताउनुभयो । उहाँले मानव जीवनलाई सफल बनाउन परमात्माबाट प्रवाह हुने उर्जा प्राप्त गर्न राजयोग गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले योगको माध्यमबाट जीवनलाई परमात्मासँग जोड्न सकिए त्यसले मानवमात्र नभई सिंगो राष्ट्र र विश्वको कल्याण हुने बताउनुभयो ।

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले समृद्धिका निम्ति शान्ति आवश्यक रहेको बताउनुहुँदै योगले मानव जीवनलाई शान्तिको बाटोमा डोर्याउने गरेको विचार व्यक्त गर्नुभयो । सेवा केन्द्रका प्रशिक्षक तुलसी पोखरेलले योगले असल नागरिक निर्माण गर्ने मात्र नभई शान्ति र समृद्धिका निम्ति आवश्यक शारिरीक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्यता समेत प्रदान गर्ने गरेको उल्लेख गर्नुभयो । कार्यक्रमका अन्य वक्ताहरुले अध्यात्मिक र भौतिक दुवै शक्तिलाई समायोजन गरेर अघि बढ्नसके मानव जीवन सार्थक हुने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *