Saturday, January 18, 2025
Home > आर्थिक समाचार > विराटनगरमा जुत्ता चप्पल व्यापार मेला सुरु

विराटनगरमा जुत्ता चप्पल व्यापार मेला सुरु

प्रदेश नम्बर १ का पर्यटन, उद्योग, वन तथा वातावरण मंत्री जगदिश कुसियतले बैंकको चर्को व्याज दर र अर्को तर्फ जग्गाको अत्यधिक मुल्यका कारण उद्योग खोल्न गाह्रो भईरहेकोले प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच बनाएको बताउनु भएको छ ।

स्वदेशी जुत्ता चप्पलको बजार प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा आयोजना गरिएको जुत्ता चप्पल व्यापार मेलाको उद्घाटन गर्दै मंत्री कुसियतले स्वदेशी उद्योग स्थापना र प्रवद्र्धन गर्न प्रदेश सरकारले विशेष गृहकार्य गरिरहेको बताउनु भएको हो । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने नारा सहित आयोजना गरिएको सो मेलामा १५ देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । नेपाली जुत्ता चप्पल उद्योगले मुलुकको करिब ६५ प्रतिशत बजार ओगटेको छ । विदेशी कच्चा पदार्थ आयात गरी विदेशी जुत्ता चप्पलसंग नै प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाली जुत्ता चप्पल केही महंगो हुने गरेको भएपनि गुणस्तरमा भने कुनै कमी नरहेको जुत्ता चप्पल व्यवसायीहरुले बताएका छन् । एक महिना सम्म आयोजना गरिएको सो जुत्ता चप्पल व्यापार मेलामा नेपाली ६ वटा उद्योगहरुका उत्पादनहरु राखिएको छ । सो मेलामा करिब १ करोड ५० लाख रुपैयाको कारोबार हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *