Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगरको कोइराला निवासको सुरक्षाका लागि नगर रक्षक खटाइयो

विराटनगरको कोइराला निवासको सुरक्षाका लागि नगर रक्षक खटाइयो

विराटनगर । विराटनगरको कोइराला निवासको सुरक्षाका लागि महानगरपालिकाले नगर रक्षक खटाइएको छ ।

गत विहिवार मात्रै देशभर भीआइपीहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सरकारले फिर्ता गरेको थियो । आजदेखि ३ जना नगर रक्षक सुरक्षाका लागि खटाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिनुभयो । केन्द्रीय सरकारले आफूहरुलाई जानकारी नै नदिई सुरक्षाकर्मी हटाएकाले नगर रक्षक खटाउनु परेको प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिनुभयो । यसअघि खटिएका सुरक्षाकर्मी हटाइएको विषयमा नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाउदै आएको छ । कोइराला निवासमा २०५४ सालमा माओवादीले परिसरको पछाडिको भागबाट बम प्रहार गरेपछि त्यहाँसशस्त्र प्रहरीको युनिट स्थापना गरिएको थियो । तर गृहमन्त्रालयले पत्राचार गरी पूर्व विशिष्टका निवासबाट सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देश दिएसँगै बिहिबारदेखि नै सुरक्षाकर्मी हटेका थिए भने पहिलो पटक कोइराला निवासमा ताल्चा लागेको थियो । कोइराला निवास कृष्णप्रसाद कोइराला, विपी कोइराला, गिरिजाप्रसाद कोइराला जस्ता राजनीतिक व्यक्तिहरुको थलो रहेको र यसको संरक्षण गर्नु राज्यको दायित्व रहेको भन्दै सुरक्षाका लागि नगर प्रहरी खटाइएको महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *