Saturday, January 18, 2025
Home > आर्थिक समाचार > विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौताहरु सरकारले कार्यान्वयनमा ल्याउन नसकेको नेतृ संग्रौलाको आरोप

विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौताहरु सरकारले कार्यान्वयनमा ल्याउन नसकेको नेतृ संग्रौलाको आरोप

नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौताहरु सरकारले कार्यान्वयनमा ल्याउन नसकेको बताउनुभएको छ ।

श्रममन्त्री रामेश्वर राय यादवलाई ध्यानाकर्षणपत्र बुझाएपछि कांग्रेस संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले सामाजिक सुरक्षा कोषको दुरुपयोग भएको समेत बताउनुभएको छ । सामाजिक सुरक्षा कोष र शून्य लागतका सन्दर्भमा सरकारले गरेका कामहरु समेटेर श्वेतपत्र जारी गर्न पनि उहाँले माग गर्नुभयो । दुई तिहाईको सरकारले श्रमिक र सर्वहाराको नाममा प्रचार गरेपनि पूँजीपतिहरुको हालिमुहाली रहेको उहाँको आरोप थियो । फ्रि भिसा फ्रि टिकट नेपाली कांग्रेसको नीति भएको र अहिलेको सरकारले शून्य लागतका नाम सुरु भएपनि कामदारहरुले दुःख पाईरहेको उहाँले बताउनुभयो । संग्रौलाले सामाजिक सुरक्षा कोषको सुरुवात भएको एक वर्ष वितेपनि कार्यान्वयन फिलतो भएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले आफ्नो फोटो पोलपोलमा टाँस्न लगाएर नयाँ युगको सुरुवात भयो भन्दै भड्कीलो प्रचार मात्रै गरेको र कार्यान्वयन फितलो भएको उहाँको भनाई छ ।

उहाँले सुरक्षा कोषमा सरोकारवालाहरु नै छुटेको दाबी गर्दै सरकारको धारणासमेत माग्नुभएको छ । नेतृ संग्रौला छाया सरकारकी छाया श्रममन्त्री हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *