काठमाडौं, ७ चैत्र । सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्तामा बस्न सदै तयार रहेको स्पष्ट पारेको छ ।
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चन्द नेतृत्वको नेकपासँग वार्तामा बस्न सरकार तयार रहेको प्रष्टयाउनु भएको हो । तर त्यसका लागि चन्द नेतृत्वको नेकपाले हतियार बिसाउनु पर्ने सरकारको सर्त रहेको मन्त्री बास्कोटाले भनाई छ । आज मन्त्रीपरिषद बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले कुनै पनि समूहको हिंसाजन्य गतिविधि सरकारलाई सैह्य नहुने चेतावनी दिनु भयो । मन्त्री बास्कोटाले चन्द नेतृत्वको नेकपालाई वार्ताको नाममा थप गलत गतिविधिको तयारी गर्ने छुट हुन नसक्ने पनि बताउनु भयो । मन्त्री बास्कोटाले संविधानमाथि प्रश्न उठाउन पाईने तर संविधानका मूलभूत विषय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले प्रश्न गर्न नपाउने पनि स्पष्ट पार्नु भयो ।