Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि दक्षिण एशीयाली सम्मेलन सुरु

विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि दक्षिण एशीयाली सम्मेलन सुरु

काठमाडौं । काठमाडौंमा विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि दक्षिण एशीयाली सम्मेलन सुरु भएको छ ।

गाउँ पालिका र नगरपालिकामा पनि विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि आवश्यक जानकारी गराउने उद्देश्यका साथ आजबाट सो सम्मेलन आयोजना गरिएको हो । विपद्, उर्जा र जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम न्यूनिकरणका लागि स्थानीय तहलाई पनि आवश्यक जानकारी दिने उद्देश्यका साथ दक्षिण एशियाका विज्ञहरुसहितको अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरेले जानकारी दिनु भयो । दुई दिनसम्म चल्ने सो सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले विकसित राष्ट्रहरुको कार्वन उत्सर्जनका कारण जलवायु परिवर्तनको प्रतिकूल असरलाई रोक्न सबै दक्षिण एशीयाली राष्ट्रहरुलाई सहकार्य गरेर अघि बढन आह्वान गर्नु भयो । उहाँले बाढि, पहिरो, सुनामी जस्ता विपद् व्यवस्थापनका लागि पनि देशहरुबीच मिलेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । जलवायु परिवर्तनको व्यवस्थापनका लागि नविकरणीय उर्जामा जोड दिनुपर्ने गृहमन्त्री थापाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *