Saturday, January 18, 2025
Home > मुख्य समाचार > विद्यालय भवन लामो समयदेखि जिर्ण

विद्यालय भवन लामो समयदेखि जिर्ण

तेह्रथुम । तेह्रथुमको साविक छातेढुङ्गा गाविस वार्ड नं –४ र हालको आठराई गाउँपालिका वार्ड नं ५ छातेढुङ्गामा वि.स.२०१६ सालमा स्थापना भएको पोखरी माविको ऐतिहासिक भवन जिर्ण भएको लामो समय भयो । ऐतिहासिक विद्यालय भवनको मर्मतसहार नहँुदा प्रयोगविहिन बन्दै गएपछि स्थानीय चिन्तित बनेका छन् ।

२०१८ सालमा पहिलोपटक एस एल सी परीक्षामा सामेल भएको यो विद्यालयले नियमित रुपमा यस क्षेत्रकै एस एल सी तथा ११ र १२ कक्षाको परीक्षा केन्द्रको रुपमा आफ्नो सफल भूमिका निभाउँदै आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, चिकित्साशास्त्रका प्रा.डा. रामप्रसाद उप्रेती, प्रा.डा. लय उप्रेती, प्रा.डा कृष्ण वली लगायतकाले अध्ययन गरेको यस विद्यालयबाट हालसम्ममा हजारौले उच्च शिक्षा हासिल गरिसकेका छन् । तीमध्ये उल्लेख्य संख्यामा राज्यका माथिल्लो ओहोदामा पुग्दा पनि यो विद्यालयको जिर्ण भवनको पुनर्निर्माण हुन नसक्नु दुखद भएको स्थानीय बताउँछन् । २०४५ सालको भूकम्पले केही क्षति पुगे पनि २०७२ को भूकम्पले भने विद्यालय नराम्ररी क्षति पुग्यो । भूईतला केही मजवुतजस्तो देखिए पनि माथिल्लो तला भने पूर्ण रुपमा भत्किएकोे छ । तर कक्षाकोठाको अभावमा केही साल त्यस्तै जिर्ण भवनमा पठनपाठन हुँदै आए पनि पछिल्लो समयमा जिल्ला प्रशासन तथा जिल्ला शिक्षा कार्यालाय सम्भावित खतरालाई मध्यनजर गरेर भवनलाई प्रयोग नगर्न परिपत्र गरेपछि भने सो भवन पूर्णरुपमै प्रयोगविहिन बनेको विद्यालयका सहायक प्रधानाध्यापक महेश कन्दङ्गवा बताउनुहुन्छ ।  सहायक प्रधानाध्यापक, पोखरी मावि आठराई, तेह्रथुम
विद्यालयको भवनलाई पुननिर्माणमा आफूहरु लागिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रदेश सांसद तेजमान कन्दङ्गवाले बताउनुभयो ।

आठराईकै गरिमासँग जोडिएको हुनाले कुनै पनि सर्तमा भवनको पुननिर्माण हुनुपर्ने स्थानीय लक्ष्मीप्रसाद कन्दङ्वाको भनाइ छ
भवनको पुननिर्माणको कुरा उठिरहँदा भवनको पूरानो मोडललाई भने विगार्न नहुनेमा स्थानीयहरुको एकमत रहेको स्थानीय कृष्ण उप्रेती बताउनहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *