Saturday, January 18, 2025
Home > मुख्य समाचार > विद्यालयमा बालउद्यान निर्माण गर्न विद्यार्थी नै बालश्रमिकको रुपमा प्रयोग

विद्यालयमा बालउद्यान निर्माण गर्न विद्यार्थी नै बालश्रमिकको रुपमा प्रयोग

मोरङ । मोरङको एक विद्यालयमा निर्माणाधिन बालउद्यान निर्माणगर्न जोखिमपूर्ण बालश्रम प्रयोग गरिएको छ । आफु अध्ययनरत रहेकै विद्यालयमा ती विद्यार्थी बालश्रमिककोरुपमा प्रयोग भएका हुन ।

मोरंगको ग्रामथान गांउपालिका–७ खद्रास्थित श्रीराधाकृष्ण आधारभुत विद्यालय परिसरमा यतिखेर बाल उद्यान निर्माणको कार्य चलिरहेको छ । विद्यालय बाहिरपट्टिको यो दृष्य हेर्नुस त ? ९ देखी १० बर्ष उमेर समुहका यि बालकहरु विद्यालय बाहिरपट्टि राखिएको टुक्रा इट्टा कम्पाउण्डभित्र फाल्न ब्यस्त छन् । आफुभन्दा कयौं फिट अग्लो पर्खाल भित्र जोखिमपुर्ण तवरले इट्टा हुत्याउदै गरेका बालकहरुको हुल देखेपछि सो सडकबाट जांदैगर्दा हाम्रो ध्यान आकृष्ट भएको थियो । बालकहरुले हुत्याउदै गरेको इट्टा कम्पाउड वालमा ठोक्किएर बेलाबेलामा उनिहरुतिरै समेत उछ्टििटदै गरेको दृश्य पनि देखिन्छ । यसरी इटा फाल्दा ठूलै दुर्घटना हुने सम्भावना समेत देखिन्छ । बालकहरुले जोखिमपूर्ण तवरले बिद्यालय परिसरमा इट्टा हुत्याउदै गरेको दृष्य केहिबेर छायांकन गरेपछि हामीले इट्टा ओसार्ने काममा खटाइएका बालकहरुलाई सो बिषयमा सोधपुछ गरेका थियौं । उनिहरुले आफुहरु सोहि विद्यालयमा अध्ययनरत विद्यार्थी रहेको हामीलाई जानकारी दिएका थिए । लगत्तै हामीले विद्यालय परिसरमै निर्माणकार्यको अवलोकन गरिरहनुभएका विद्यालयका प्रधानाध्यापक हरीनारायण सरदारसंग सो बिषयमा जिज्ञासा राखेका थियौं । शुरुमा हामीले विद्यालयमा भइरहेको निर्माण कार्य र अध्ययन अध्यापन लगायतको बिषयमा प्रश्न राखेको थियौं । सो क्रममा उहांले नर्सरीदेखी कक्षा ५ सम्म अध्यापन हुने बिद्यालयमा १ सय ७० जना बालबालिका अध्ययनरत रहेको जानकारी दिनुभयो । ग्रामथान गांउपालिका भित्रका २७ वटा विद्यालय मध्ये आफ्नो विद्यालयको पठनपाठन राम्रो र ब्यवस्थित रहेको उहांको भनाई थियो । प्रश्न उत्तरकै सन्दर्भमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बालश्रमिककोरुपमा किन प्रयोग गरिएको हो भनेर हामीले उहां समक्ष प्रश्न राखेका थियौं । सो बिषयलाई खण्डनगर्दै उहांले आफुहरुले बालबालिकालाई कामगर्न नअ¥हाएको दाबीगर्दै बालकहरुले आफ्नो काम सम्झेर आफै गरेको दावी गर्नुभयो । प्रधानाध्यापक सरदारले यसप्रकारको दाबी गरिरंहदा हामीले उहांलाई प्रश्न राख्नु अघिनै इट्टा ओसार्न खटाइएका कक्षा ३ का ९ बर्षिय विद्यार्थीहरु कृष्ण सहनी,बृद्ध चौधरी र करण सहनीबाट सम्पुर्ण जानकारी लिइसकेका थियौं । ती बालकहरुले प्रधानाध्यापक सरदारले आफुहरुलाई ५० रुपैया दिने भन्दै इट्टा ओसार्न खटाएको बताएका थिए ।

उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको १० लाख आर्थिक लगानीमा सो विद्यालय परिसरमा बालउद्यान सहित खेलकुद स्थल निर्माणको काम भइरहेको छ । निति, नियम र नैतिकताको शिक्षा दिने विद्यालयमै विद्यार्थीलाई बालश्रमिककोरुपमा प्रयोग गरिनु दुखद बिषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *