Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ पारित

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ पारित

काठमाडौं, ८ चैत्र । राष्ट्रियसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ पारित गरेको छ ।

आज बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट संदेश सहित प्राप्त विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ लाई बहुमतले पारित गरेको हो । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्तृका प्रसाद यादवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ लाई पारित गरियोस् भनि प्रस्ताव गर्नुभएको थियो । त्यसअघि विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री यादवले विधेयकमा प्रतिनिधिसभाबाट केही विषयमा संसोधन पनि भई आएको र आवश्यक परे भविश्यमा संसोधन गर्न सकिने भएकाले विधेयक पास गरि सहयोग गर्न आग्रह गर्नुभएको थियो । संयुक्त संसोधनकर्ताको तर्फबाट राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विधेयकमा रहेका प्रावधानले हजारौ नेपालीको रोजी रोटी खोसिने भन्दै कार्गो सेवालाई पनि विदेशी लगानी आवश्यक नपर्ने सूचीमा राख्नुपर्ने माग गर्नुभयो । कार्गो सेवा पनि सेवा व्यवसाय भएको र यसमा विदेशी लगानी भित्र्याउदा स्वदेशी कामदारको रोजी रोटी खोसिने भन्दै ७ नम्बर अनुसुची थप गरि त्यसलाई समावेश गर्न माग गर्दै उहाँले संसोधन दर्ता गराउनुभएको थियो । विदेशी लगानी खुल्ला नगरिएका उद्योग या व्यवसाय भनेर कुखुरा पालन, व्यक्तिगत सेवा व्यवसाय, घर जग्गा खरिद बिक्रि लगायत साना साना उद्योग व्यवसायलाई नेगेटिभ लिस्टमा राखि ६ वटा अनुसूचीमा उल्लेख गरिएको छ । राष्ट्रिय सभाको अर्को बैठक आईतबार बिहान ११ बजेका लागि बोलाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *