Saturday, January 18, 2025
Home > मुख्य समाचार > विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढि कलेजहरुलाई खारेज गर्ने तयारी

विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढि कलेजहरुलाई खारेज गर्ने तयारी

सरकारले विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढि कलेजहरुलाई खारेज गर्ने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाल सरकारको विधि र प्रक्रियासम्मत ढंगले संचालन नभएका दुई दर्जनबढि विदेशी निकायबाट सम्बन्धन प्राप्त कलेजहरु खारेज गर्ने तयारी गरिएको जानकारी दिनु भएको हो । दर्तासमेत नभएका, राजस्व पनि नबुझाएका वाईल्ड इन्सिच्यूड अफ एडभान्स काठमाडौ, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, माल्पी इन्टरनेशनल कलेज काठमाडौं लगायतका कलेजहरुलाई सरकारले खारेज गर्ने तयारी गरेको हो । प्रक्रियागत ढंगले संचालन नभएका ती कलेजहरुलाई प्रक्रिया पूरा गर्न १५ दिन समय पनि दिइएको मन्त्री पोखरेलले बताउनु भयो । सरकारको नीति, नियम र निर्देशिका विपरित चलेपछि ती कलेजहरु खारेज गर्ने निष्कर्षमा पुग्नु परेको पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *