Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > ‘विकास तथा प्रविधि समितिका सभापतिले प्रभावकारीरुपमा काम गर्न सकेनन्’

‘विकास तथा प्रविधि समितिका सभापतिले प्रभावकारीरुपमा काम गर्न सकेनन्’

काठमाडौं । विकास तथा प्रविधि समितिका सदस्यहरुले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै सभापतिको ध्यानाकर्षण गराएका छन् ।

संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको आजको बैठकमा समिति सदस्यहरुले सिंहदरबारभित्रै असारे विकासको खेती भईरहदा पनि त्यसतर्फ चासो नदेखाएको भन्दै सभापतिको कार्यशैली प्रति असन्तुष्टि जनाएका हुन् । आर्थिक बर्ष सकिनै लागेपछि मात्रै रातारात विकास निर्माणको बजेट खर्च गर्ने पूरानै परम्परा सिंहदरबारभित्रै देखिएको भन्दै सदस्यहरुले त्यसतर्फ चासो राख्न सभापतिको ध्यानाकर्षण गराए । त्यसैगरी प्रदेशले जिम्मा लिन नसकेका र केन्द्रले प्रदेशमा गयो भनेर वेवास्ता गरिएका बहुबर्षिय ठेक्का लागेका सडक निर्माणको काम केन्द्रलाई जिम्मा लिई अघि बढाउन दिएको निर्देशन कार्यान्वयनबारे पनि चासो राख्न समिति सदस्यहरुले सुझाव दिएका छन । समिति सदस्य प्रभु शाहले मेलम्ची खानेपानी आयोजना लगायत बहुबर्षिय आयोजनाका सम्बन्धमा समितिले दिएको निर्देशन कार्यान्वनय भए ÷नभएबारे गम्भीर समिक्षा गरिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *