Saturday, January 18, 2025
Home > विराटनगर समाचार > विकासका कामहरुको वस्तुगत र ठोस ढंगले अनुगमन हुन्छ : मुख्यमन्त्री राई

विकासका कामहरुको वस्तुगत र ठोस ढंगले अनुगमन हुन्छ : मुख्यमन्त्री राई

बिराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले भएका विकास निर्माणका कामहरुको वस्तुगत र ठोस ढंगले अनुगमन गरिने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७५/७६ को मन्त्रालयगत समिक्षा तथा आर्थिक बर्ष २०७६/७७ को बजेट कार्यान्वयन योजनाको प्रस्तुती कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री राईले भइसकेका तथा अब हुने निर्माण कार्यहरुको नागरिकहरुले विल्कुलै नयाँ आँखाबाट निगरानी गरिरहेको बताउनुहुंदै सम्बन्धित सबै जिम्मेबार हुनुपर्ने बताउनुभयो । उहाँले प्रगति विवरण मात्र पेश गरेर ढुक्कसँग बस्ने दिन अब नरहेको बताउनुहुंदै भएका र अब हुने सबै निर्माण कार्यको जुनसुकै तहबाट पनि बस्तुगत र ठोस अनुगमन गरिने प्रष्ट पार्नुभयो । मुुख्यमन्त्री राईले कागजमा मात्र समिक्षा रिपोर्ट र प्रगति विवरण लेखेर उम्कन नमिल्ने बताउनुहुंदै प्रगति विवरण पेशगर्दा जवाफदेहितासहित पेश गर्नुपर्ने निर्देशन दिनुभयो । मुख्यमन्त्री राईले संबिधानसभाबाट संबिधान जारी भएपछि संबिधानको जगमा उभिएर संघीय प्रणालीअन्र्तगत पहिलोपटक आएको जननिर्वाचित सरकारले गरिरहेको कामप्रति सबैको चासो रहेको बताउनुहुंदै सजग हुन आग्रह गर्नुभयो । उहांले गएको बर्ष हासिल भएको ५८ प्रतिशतको उपलब्धिलाई फिल्डमा पुगेर अनुगमन र जाँच गरिने प्रष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *