Thursday, November 21, 2024
Home > राष्ट्रिय समाचार > वर्तमान सरकारलाई नै बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प छैन : अध्यक्ष दाहाल

वर्तमान सरकारलाई नै बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प छैन : अध्यक्ष दाहाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारलाई नै बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले हिजोका निरंकुशतावादीहरु र कुनै पनि नामका प्रतिक्रियावादीहरु आएर नेपाललाई फेरी एकचोटी निरंकुशताको जाँतोमा पिस्ने दिने काम स्वीकार्य नहुने चेतावनी पनि दिनुभयो । आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित सुरेश वाग्ले र भीमसेन पोखरेल स्मृति सभामा बोल्दै उहाँले हाम्रा आफ्नै केही कमीकमजोरी भए त्यसलाई सच्याउँदै अघि बढने पनि स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले युगान्तकारी परिवर्तनको आधारशिला तयार पार्ने तथा क्रान्तिकारी विद्रोहका नेताहरुलाई बदनाम गर्ने गतिविधिमा प्रतिक्रान्तिको गन्ध आएको, चिहानमा पुगिसकेका हिजोका निरंकुशतावादीहरुले फेरी जीवित मान्छेलाई दुःख दिने प्र्रयास गरेको उल्लेख गर्दै त्यसबाट सचेत भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो । उहाँले कहिलेकाँही सिंहको अगाडि स्याल आएर हल्ला गरेकै भरमा स्याललाई सिंहसँग तुलना गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *