विराटनगर, ११ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान अवस्थामै विप्लव समूहसंग वार्ता हुन नसक्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्नुहुंदै उहांले सो समूहले हतियार बिसाएर आएमात्र वार्ता हुनसक्ने बताउनुभयो । उहांले विप्लवले नेतृत्व गरेको कम्युनिष्ट पार्टीसंग आफुहरुको कुनै बैरभाव नरहेको समेत बताउनुभयो । विप्लव समूहले बम पड्काउने, मान्छे मार्ने जस्ता अनुचित कार्य गरेकाले सो समूहलाई सरकारले प्रतिबन्ध लगाएको उहांको भनाई थियो । उप्रधानमन्त्री पोखरेलले सो समूहले बमबारुद र हतियार बिसाएर आएमात्र वार्ता हुनसक्ने प्रष्ट पार्नुभयो । सेना परिचाचलनका बिषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय सुरक्षा परिषदको वैठकको निर्णयवाट नै मुलुकमा सेना परिचालन हुने ब्यवस्था रहेको बताउनुभयो । उहांले प्रधानमन्त्री एक्लैको निर्णयवाट सेनाको परिचालन हुने भन्ने कुरा गलत भएको पनि बताउनुभयो ।