Saturday, January 18, 2025
Home > मुख्य समाचार > लोडसेडिङ हुन थालेपछि कोशी अञ्चल अस्पतालको सेवा अवरुद्ध

लोडसेडिङ हुन थालेपछि कोशी अञ्चल अस्पतालको सेवा अवरुद्ध

विराटनगर । लोडसेडिङ हुन थालेपछि कोशी अञ्चल अस्पतालको सेवा अवरुद्ध भएको छ ।

दैनिक बिहान ९ बजेदेखि २ बजेसम्म प्रायजसो लोडसेडिङ भएको र अस्पतालमा भएको जेनेरेटर पनि बिग्रिएपछि सेवा अवरुद्ध हुन पुगेको अस्पतालले जनाएको छ । अस्पतालमा भएको एउटा जेनेरेटर २५ दिनदेखि बिग्रिएको र भाडामा लिएको जेनेरेटर पनि बिग्रिएपछि सेवा लिने समस्या भएको हो । अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले जेनेरेटर भाडामा भए पनि लिएर समस्या समाधान गर्ने बताउनुभयो । बिजुली नहुँदा अहिले भिडियो एक्सेरे, सिटी स्क्यानलगायतका सेवा बन्द हुँदा सेवाग्रही समस्या परेका छन् । सेवा अवरुद्ध हुँदा टाढा–टाढाबाट आएका बिरामी मारमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *