Saturday, January 18, 2025
Home > मुख्य समाचार > लगातार बर्षाको कारण झापाका केही स्थान डुवानमा

लगातार बर्षाको कारण झापाका केही स्थान डुवानमा

झापा । तीनदिन देखिको लगातार बर्षाको कारण झापाका केही स्थान डुवानमा पेरका छन् भने अधिकांश क्षेत्र डुवान हुने अवस्थामा पुगेका छन् ।

बुधवारदेखि परेको अविरल वर्षाका कारण ग्रामिण तथा शहरी क्षेत्रमा समेत डुवान हुन थालेको छ । स्थानीय रतुवा खोलाले बाँध भत्काएर बस्ती प्रवेश गरे पछि गौरादह नगरपालिका वडा नम्बर ५ र ६ का स्थानिय विस्थापित भएका मेयर रोहितकुमार शाहले जानकारी दिनुभयो । उहाँले बाढीका कारण मानविय क्षती नभए पनि पशुचौपाय र धानवालीमा असर पुगेको जानकारी दिनुभयो । त्यसैगरी झापाको दक्षिणी क्षेत्रका केचना, घेराबारी, गौरीगञ्जलागायका ठाउँमा हल्का डुबान भए पनि कुनै क्षती नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएस्पी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । अहिलेसम्म बाढी गाउँमा नपसे पनी पस्ने अवस्थामा पुगेको रेडक्रस झापाका अध्यक्ष लोकराज ढकालले जानकारी दिनुभयो । लगातारको वर्षपछी स्थानीय नदीहरुमा बाढी आएको छ भने नदीले कटान सुरु गरेको छ । मेचि, निन्दा, हँडिया, टिमाई, बिरिङ, कनकाई, र रतुवा लागायत खोलामा आएको बाढीले कटान तिब्र बनाएको स्थानियले बताए । बिरिङ खोला र कनकाई नदी फुटेर बस्तीमा पसेमा ठुलो मानविय क्षती हुने भन्दै स्थानिय त्रासित बनेका छन् । बर्षाका कारण अधिकांस विद्यालयहरु बिदा गरिएका छन् भने बजारहरु खुल्न सकेका छैनन् । सरकारी कार्यालयहरुमा समेत सेवाग्रही न्युन उपस्थीती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *