Saturday, January 18, 2025
Home > मुख्य समाचार > रौतहट वम विष्फोट प्रकरणः सांसद आलमको संलग्नता रहेको ठहर

रौतहट वम विष्फोट प्रकरणः सांसद आलमको संलग्नता रहेको ठहर

हत्या आरोपमा प्रहरी हिरासतमा रहेका निलम्बित सांसद मोहम्मद अफताब आलमको संलग्नतामा रौतहट वम विष्फोटका घाइतेलाई इटाभट्टामा जलाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

१२ वर्षअघि रौतहटको राजपुरमा भएको वम विस्फोटका मृतक र घाइतेलाई इट्टाभट्टामा जलाएको प्रहरीले तयार पारेको प्रतिवेदनले ठहर गरेको हो । तत्कालीन प्रहरी अधिकारी, प्रत्यक्षदर्शी तथा पीडित परिवारको बयानका आधारमा प्रतिवेदन तयार पारिएको प्रहरीले जनाएको छ । प्रतिवेदन आजै सरकारी वकिलको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्कीले जानकारी दिनुभयो । सरकारी वकिलको कार्यालयमा बुझाइएको अनुसन्धान प्रतिवेदनका आधारमा सोमबार मुद्दा दर्ताको प्रक्रिया सुरु हुनेछ । आलमविरुद्ध बम विष्फोट, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान गरी तीन मुद्दा लगाउन प्रहरीले राय दिएको छ । प्रहरीको अनुसन्धानमा आलम र फरार रहेका अरु तीन जनालाई घटनाको मुख्य दोषी किटान गरिएको छ । प्रतिवेदनमा मृतकको संख्या भने यकिन गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *