Saturday, January 18, 2025
Home > मुख्य समाचार > रोजगार विभागका बिचौलियाहरु प्रहरी नियन्त्रणमा

रोजगार विभागका बिचौलियाहरु प्रहरी नियन्त्रणमा

काठमाडौं, २४ पुष । प्रहरीले काठमाडौंको कालिमाटीस्थित वैदेशिक रोजगार विभागमा बिचौलिया गर्ने ७ जनालाई पक्राउ गरेको छ ।

सो विभागमा सेवाग्राहीहरुलाई ठगी गर्ने बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका कालिमाटी बस्ने भरत तामाङ, काठमाडौं न्यूरोड बस्ने दिपु शाह, भक्तपुर बोडेका मनुराज न्यौपाने, मोरङ पट्यारी घर भई हाल भक्तपुर बालकोट बस्ने पुजन राई, काठमाडौं सानो भर्याङ बस्ने गणेश तामाङ, काठमाडौं बाफलका बिकल शाही र काठमाडौं बाफलकै राजेश तामाङलाई सार्वजनिक गरेको हो । सेवाग्राहीमाथि गठी गर्नेहरुलाई पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिनु भयो । यसै प्रहरीले सामान ठगीमा संलग्नहरुलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट लागुऔषध २३ ग्रामसहित १० जनालाई पक्राउ गरेको पनि जनाएको छ । हिजो र आज बिहान भित्र लागू औषध कारोबारमा संलग्न १० जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको परिसरका प्रमुख लामाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *