Saturday, January 18, 2025
Home > मुख्य समाचार > रेशम चौधरीद्धारा सांसद पदको सपथ ग्रहण

रेशम चौधरीद्धारा सांसद पदको सपथ ग्रहण

काठमाडौं, १९ पुष । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचित रेशम चौधरीले सांसद पदको सपथ लिनुभएको छ ।

आज सिंहदरबारस्थित संसद सचिवालयमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले चौधरीलाई सांसद पदको सपथ खुवाउनुभएको हो । सांसद चौधरीले थारु भाषामा सपथ लिनुभएको थियो । सपथ ग्रहण पछि महासचिव मनोहरप्रसाद भट्टराईले सांसद चौधरीलाई सांसद पदको लोगो दिनुभएको थियो । सपथ ग्रहण समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरु पनि उपस्थित थिए । २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा ७ जना प्रहरी सहित ८ जनाको ज्यान जाने गरि भएको आन्दोलनमा संलग्न भएको आरोपमा मुद्धा खेपिरहेका चौधरी सपथ लिन डिल्लिबजार कारागारबाट संसद सचिवालय आउनुभएको हो । उहाँलाई उच्चसुरक्षा सर्तकताका साथ संसद सचिवालय लगिएको थियो । सपथग्रहण पछि उहाँलाई उच्च सुरक्षा सर्तकता साथ फेरी डिल्लीबजार कारागार लगिएको छ । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले हिउदे अधिवेशन सुरु भएकै दिन पुस ११ गते तत्काल सांसद चौधरीलाई सपथ खुवाउन सरकारसंग माग गर्नुभएको थियो । कारागारमा बसेकालाई पदिय हैसियतमा सांसदको सपथग्रहण गराउदै लोगो दिईएको यो घटना नेपालकै संसदीय इतिहासमा पहिलो घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *