Saturday, January 18, 2025
Home > मुख्य समाचार > रेशमलाल चौधरीको पद तथा गोपनियताको सपथ स्वभाविक : सरकार

रेशमलाल चौधरीको पद तथा गोपनियताको सपथ स्वभाविक : सरकार

काठमाडौं, १९ पुष । सरकारले पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीको पद तथा गोपनियताको सपथ स्वभाविकै भएको टिप्पणी गरेको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले कानुनी प्रक्रिया अनुसार चुनाव लडेका, जनताले जिताएका सांसद चौंधरीको पद तथा गोपनियताको सपथ स्वभाविकै भएको प्रतिक्रिया दिनु भएको हो । आज संचारकर्मीमाझ उहाँले अदालतको फैसला अनुसारको कानुनी कार्वाही भने सांसद चौधरीले भोग्ने पर्ने पनि स्पष्ट पार्नु भयो । राज्यले अदालतले गरेको निर्णय मान्नैपर्ने मन्त्री बास्कोटाको भनाई छ ।

मन्त्री बास्कोटाले वाईडबढि विमान खरिद प्रक्रियामा सम्बन्धमा संसदीय उपसमितिले तयार पारेको प्रतिवेदनको आधारमा कसैलाई पनि कार्वाही नगर्ने पनि स्पष्ट पार्नु भयो । उहाँले वाइडबढि विमान खरिद सम्बन्धमा सार्वजनिक लेखा समितिको उपसमितिले तयार पारेको प्रतिवेदन बाहिर सार्वजनिक भएकोमा पनि असन्तुष्टि व्यक्त गर्नु भयो । उपसमितिको सो प्रतिवेदन समितिमा पेश भएको र सो समितिको निर्देशन आएपछि सरकारले सो सम्बन्धमा आवश्यक निर्णय लिने पनि मन्त्री बास्कोटाले जानकारी दिनु भयो । मन्त्री बास्कोटाले उपसमितिले लगाएको सो आरोप पुष्टि गर्न सरकार आफैले पनि छानविन समिति गठन गर्ने स्पष्ट पार्नु भयो । बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई समेत कार्वाही गर्नुपर्ने निष्कर्षसहित उपसमितिले आफ्नो प्रतिवेदन समितिमा बुझाएको थियो । मन्त्री बास्कोटाले आरोप पुष्टि भए वार्डडबढि विमान खरिद प्रकरणको दोषीमाथि कडा कार्वाही गर्न सरकार तयार रहेको पनि स्पष्ट पार्नु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *