Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > रुसमा भवनको भग्नावशेषबाट ११ महिने बच्चाको जीवितै उद्धार

रुसमा भवनको भग्नावशेषबाट ११ महिने बच्चाको जीवितै उद्धार

रुसको माग्नितोगोस्र्क शहरमा यतिबेलाको तापक्रम शून्यबाट १७ डिग्री सेल्सियससम्म झरेको छ । हिजो त्यहाँ भएको ग्यास विस्फोटका कारण एउटा भवन ध्वस्त भएको थियो । उद्धारकर्मीहरुलाई चिसोका कारण पनि उद्धारमा समस्या भएको थियो । तर, उद्धार दलले हिजो भवनको भग्नावशेषमा थिचिएका एक ११ महिने बच्चालाई जीवितै उद्धार गरेको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार बच्चा रोएकाके सुनेपछि उद्धार दलले बच्चालाई सकुशल बाहिर निकालेका हुन् । इवान नाम गरेका ११ महिने बालकको अवस्था गम्भीर रहेको र थप उपचारका लागि मस्को पठाइएको बीबीसीले जनाएको छ । भवनको भग्नावशेषबाट अहिलेसम्म आठ जनाको शव निकालिएको छ । अझै पनि ३६ जना बेपत्ता रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनास्थलको निरीक्षण गरी जतिसक्दो चाँडो विस्फोटको कारण पत्ता लगाउन अधिकारीहरुलाई निर्देशन दिइसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *