Saturday, January 18, 2025
Home > आर्थिक समाचार > रुद्राक्ष उत्पादनमा फर्टिलाईजरको प्रयोगमा वन्देज लगाउन नहुनेमा कृषकहरुको जोड

रुद्राक्ष उत्पादनमा फर्टिलाईजरको प्रयोगमा वन्देज लगाउन नहुनेमा कृषकहरुको जोड

मोरङ । रुद्राक्ष उत्पादनमा फर्टिलाईजरको प्रयोगमा वन्देज लगाउन नहुनेमा कृषकहरुले जोड दिएका छन ।

फर्टिलाईजरले वातावरणमा समस्या पार्ने भन्दै केही व्यवसायीहरु प्रदेश सरकार समक्ष पुगेपछि केही कृषकहरुले मोरङको बेलबारीमा पत्रकार सम्मेलन नै गरेर त्यसको विरोध जनाएका हुन् । रुद्राक्ष कृषक मध्येका भक्तकिरण राई, संखुवासभाका तिर्थ दाहाल लगायतले पत्रकार सम्मेलन गरी फर्टिलाईजरको प्रयोगमा वन्देज लगाउने कुराको विरोध जनाएका हुन । पत्रकार सम्मेलनमा रुद्राक्ष उत्पादक कृषक राईले केही मुठ्ठीभरका व्यवसायी, संघका व्यक्तिहरु आफ्नो एकाधिकार घट्ने डरले फर्टिलाईजरको प्रयोगमा प्रतिवन्ध लगाउन उध्यत रहेको आरोप लगाउनुभयो । सुन्दरहरैंचा नगरपालिकाका नगरकार्य समिति सदस्य समेत रहेका राई आफूले व्यवसायको रुपमा नभए पनि भोजपुर र मोरङमा गरेर लगभग १८ रोपनी क्षेत्रफलमा यसको खेती गरेको र रुद्राक्षको सम्भावना भने राम्रो रहेको वताउनुभयो । आफूहरुले कृषि प्राविधिककै सल्लाह अनुसार नै फर्टिलाईजर प्रयोग गरिरहेको हुनाले यसको प्रयोगले वातावरणमा कुनै असर नगर्ने बरु यसले उत्पादनमा वृद्धि गर्ने उनीहरुको तर्क रहेको छ । भोजपुरको सडानन्द गाउँपालिकाले भने फर्टिलाईजरको प्रयोगलाई यस अघि नै प्रतिवन्ध लगाएको छ । फर्टिलाईजरको प्रयोगबाट रुद्राक्षलाई आफू अनुकुलको बनाइन्छ । रुद्राक्षको अहिले बजारमूल्य भने प्रतिकेजी २ हजार देखि ९ लाखसम्म हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *