Saturday, January 18, 2025
Home > मुख्य समाचार > राष्ट्रिय वनको अवस्था बारे कृषि समितिको चासो

राष्ट्रिय वनको अवस्था बारे कृषि समितिको चासो

काठमाण्डौ । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले देश भरि छरिएर रहेका राष्ट्रिय वनको अवस्था बारे चासो देखाएको छ ।
वन सम्बन्धि ऐन र भूमि सम्बन्धि ऐन पारित भएको एक हप्ता नबित्दै समितिले वन मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयसँग राष्ट्रिय वनको अद्यावधिक लगत माग्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकमा राष्ट्रिय बन भनि सुचीकृत भएका देश भरिका बनको हालको अवस्था, बनको नाप नक्सा, क्षेत्रफल लगायतको विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई निर्देशन दिएको हो । देशभरी सुकुम्बासी, बस्तिबिस्तार, उद्योग तथा खानीको नाममा राष्ट्रिय बन अतिक्रमंणमा परेको समाचार आउन थाले पछि समितिले चासो देखाएको छ । समितिले हाल बन नै रहेको, झाडी रहेको र अतिक्रमंणमा पर्न सक्ने सम्भावना भएको बनको वर्गीकृत अवस्था पनि उपलब्ध गराउन निर्देशन गरेको छ ।
यस्तै समितिको आजको बैठकमा सांसदहरुले सरकारले रोकेको कित्ताकाट सम्बन्धि निर्णय पुनर्बिचार गर्नुपर्ने माग राखेका छन् । सरकारले स्पष्ट रुपमा कित्ताकाट रोकेको भने पनि स्थानीय जनप्रतिनिधिको रोहबरमा भन्दै मालपोत कार्यालयहरुले कित्ताकाट गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *