Saturday, January 18, 2025
Home > मुख्य समाचार > ‘राष्ट्रिय तथ्यगत विवरण अनलाईन डाटा पोर्टल’ संचालनमा

‘राष्ट्रिय तथ्यगत विवरण अनलाईन डाटा पोर्टल’ संचालनमा

काठमाण्डौ । सरकारले ‘राष्ट्रिय तथ्यगत विवरण अनलाईन डाटा पोर्टल’ संचालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारमा आयोजित राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा सो डाटा पोर्टल सेवाको को शुभारम्भ गर्नु भएको हो । राष्ट्रिय योजना आयोगका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीको निर्देशनमा केन्द्रीय तथ्यांक विभागले तयार पारेको सो अनलाईन डाटा पोर्टलको नाम डब्लुडब्लुडब्लु डट नेशनल डाटा डट जीओभी डट एनपी राखिएको छ । संघ, प्रदेश र स्थानीय तहको सबै डाटाहरु एकीकृत रुपमा अनलाईन सेवामार्फत् सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यका साथ यो पोर्टल संचालनमा ल्याइएको केन्द्रीय तथ्यांक विभागमा महानिर्देशक सुमनराज अर्यालले जानकारी दिनु भयो ।
खुला तथ्यांकको सिद्धान्त बमोजिम तथ्यांक तथा सूचनामा सरोकारवालाहरुको पहुँच सुनिश्चित् गर्न पनि सो अनलाईट पोर्टल संचालनमा ल्याइएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *