Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्ने सदस्यहरुले आ आफ्ना क्षेत्रगत तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका बहुबर्षिय आयोजनाहरु निर्माण रोकिएको भन्दै प्रदेशसरकारसंग समन्वय गरेर आयोजना कार्यान्वयनमा लैजानका सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभा सदस्य नन्दा चपाईले स्थानीय पुर्वाधार विकास कोषको बजेट विनियोजन गर्दा सबै सांसदलाई समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभा सदस्य प्रकाश पन्थले सांसदहरुले जनताका फाईल बोकेर कोठा कोठा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न एक बर्ष अघि अध्यक्षले दिएको निर्देशन अझै पनि कार्यान्वनय नभएको र सांसदहरु मन्त्रालय धाउनुपर्ने अवस्था कायमै भएको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले प्राविधिक कारण देखाउदै राहदानी विधेयक प्रतिनिधिसभाले मात्रै पारित गरिनुले राष्ट्रियसभाको औचित्य र गरिमामाथि नै प्रश्न चिन्ह खडा भएको भन्दै सचिवालयको गम्भीर ध्यानाकर्षण गराउनुभयो । यसले राष्ट्रियसभालाई छलेर पारित गर्ने सरकारको बद्नियत उदांग भएको र सचिवालयको कमजोरी पनि देखिएकाले यसको जिम्मेवारी कसले लिने भनी प्रश्न गर्नुभयो । उहाँले राष्ट्रियसभामा उत्पत्ति भएको राहदानी विधेयक प्रतिनिधिसभाले मात्रै पारित गरि प्रमाणिकरण गर्ने स्थिति कसरी श्रृजना भयो भनी प्रश्न गर्नुभयो । राष्ट्रियसभा सदस्य महेश कुमार महराले बैशाख पहिलो हप्ता देखि डडेलधुराको भित्रि मधेसमा रहेका १ सय ६५ सामुदायिक बन मध्य अधिकांशमा आगो लागेर हजारौ क्वीफिट काठ नष्ट भएको तथा अहिले पनि आगो नियन्त्रणमा आईनसकेकाले आगो नियन्त्रणका लागि पहल गर्न संघीय सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभा सदस्य युटोल तामाङले विगतमा यार्चागुम्बा संकलनकर्ता र व्यवसायीको शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । मुगु जिल्लाको उच्च हिमामी क्षेत्रमा पाईने यार्चागुम्बा संकलनका लागि जेठ १५ देखि प्रवेश खुल्ला गरिएको छ । बैठकले शिक्षा सम्बन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक जेठ ५ गते अपरान्ह १ बजेका लागि बोलाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *