Saturday, January 18, 2025
Home > मुख्य समाचार > राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण

राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ ।

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ प्रदेशका ७ ठाउँमा मतदानस्थल तोकिएको छ । प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन, प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवनमा मतदानस्थल तोकिएको छ । त्यस्तै गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरा, प्रदेश ५ को दाङको घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णालीको सुर्खेत जिल्ला निर्वाचन कार्यालय र सुदूरपश्चिमको डोटी जिल्लाको सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदान स्थल तोकिएको आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *