Saturday, January 18, 2025
Home > मुख्य समाचार > राष्ट्रियसभामा रिक्त हुने सदस्यको निर्वाचनका लागि छलफल सुरु

राष्ट्रियसभामा रिक्त हुने सदस्यको निर्वाचनका लागि छलफल सुरु

राष्ट्रियसभामा रिक्त हुने सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले छलफल सुरु गरेको छ ।

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा १९ जना सदस्यको पद रिक्त हुने भएपछि निर्वाचन आयोगले आज निर्वाचनका लागि छलफल गरेको हो । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संघीय संसदबाट पत्र पाप्त भएको बताउँदै १८ जना सदस्यको लागि निर्वाचन गर्नुपर्नै बताउनुभयो । एक जना भने सरकारको सिफारीसमा राष्ट्रपतिले मनोनित गरी आउने उहाँले बताउनुभयो । उहाँले प्रदेश १ मा ३ जना, प्रदेश २ मा ४ जना, प्रदेश ३ मा २ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा २ जना गरी कुल १८ जनाको निर्वाचन गराउनु पर्ने बताउनुभयो । माघ १५ गतेभित्र निर्वाचन सम्पन्न गरी नतिजा बुझाउनुपर्ने प्रमुख निर्वाचन आय्ुक्त थपलियाले बताउनुभयो ।

छलफलमा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले निर्वाचन आयोगले दिएको सुुझावका आधारमा सरकारले मिति तोक्ने जनाउँदै आयोगले सबै प्रकृया पूरा गरी निर्वाचन गराउन सरकारको पूर्ण सहयोग रहने बताउनुभयो । राष्ट्रिय सभा सदस्यका लागि हुने यो निर्वाचनमा निर्वाचन मण्डमलमा सम्मिलित प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले संघीय कानुन बमोजिम मतदान गर्न पाउने छन् । राष्ट्रिय सभामा कुल ५९ जना सदस्य रहने व्यवस्था रहेको छ । अहिले निर्वाचन हुने सदस्यहरुको पदावधि भने ६ वर्षको हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *