त्रेता युगमा भएको राम–सिताको विवाहको सम्झनामा जनकपुरमा मनाइने विवाह पंचमी महोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा पूजा गर्नु भएको छ ।
विहान ११ बजे जनकपुर आउनु भएका राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पुग्दा मन्दिरका महन्थ राम तपेश्वर दाससहित साधु सन्तहरुले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीले करिब १५ मिनेट जानकी मन्दिरमा पुजापाठ गर्नुभएको थियो । राष्ट्रपति भण्डारी भारतको अयोध्याबाट आएको जन्तीलाई स्वागत गर्नका लागि जनकपुर आउनु भएको छ । स्थानिय रंगभूमि मैदानमा आयोजना गरिने कार्यक्रममा स्वागत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीसहित पर्यटनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था तथा कृषिमन्त्री पदमा अर्यालले सहभागिता जनाउनुभएको छ ।