Saturday, January 18, 2025
Home > मुख्य समाचार > राष्ट्रपति जस्तो सम्मानित संस्थालाई सरकारले थप विवादमा पारेको कांग्रेसको आरोप

राष्ट्रपति जस्तो सम्मानित संस्थालाई सरकारले थप विवादमा पारेको कांग्रेसको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले नीति तथा कार्यक्रममार्फत् राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको आरोप लगाएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘मेरो सरकार’ भनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई नीति तथा कार्यक्रम सम्बोधन गर्न लगाएर सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको आरोप लगाउनु भएको हो । आज सरकारले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै उहाँले बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको बताउनुभयो ।

सभापति देउवाले सरकारको नीति तथा कार्यक्रममा बकम्फूसे र उडन्ते कुरा राखिएको उल्लेख गर्दै त्यो कार्यान्वयन नहुने दाबी पनि गर्नुभयो । उहाँले लडहमा सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेकाले त्यसको कार्यान्वयन हुने कुनै आधार नरहेको दावी गर्नु भयो । सभापति देउवाले आफ्नो पालामा सुरु गरिएको कतिपय कार्यक्रमहरुको जस सरकारले लिन खोजेको भन्दै आपत्ति पनि जनाउनुभयो । उहाँले न्यानो स्याटलाइट आफ्नो पालामा सुरु भएको कार्यक्रम भएपनि त्यसलाई सरकारले आफैले अन्तरिक्षमा पठाएजस्तो बकम्फूसे दाबी गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । सभापति देउवाले प्रधानमन्त्री केपी ओलीसँग मुलुकमा पूँजी सृजना तथा परिचालन गर्ने कुनै ज्ञाननै नभएको दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *