Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > ‘राजस्व असुलीमा सदाचारिकता कायम राख्न राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत’

‘राजस्व असुलीमा सदाचारिकता कायम राख्न राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व असुलीमा सदाचारिकता कायम राख्न राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत ल्याइएको स्पष्ट पार्नुभएको छ ।

अर्थमन्त्री खतिवडाले राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत आएपछि राजस्व हिनामिना गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन सफलता हात परेको दावी पनि गर्नुभयो । आज ‘राजस्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले स्वच्छ राजस्व प्रशासन कार्यालय कायम गराउन पनि राजस्व विभागलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको मातहत राख्दा सहज भएको पनि स्मरण गराउनुभयो ।
अर्थमन्त्री खतिवडाले कर छली गर्ने जोकोहीलाई पनि कार्वाहीको दायरामा ल्याउने चेतावनी पनि दिनुभयो । उहाँले कर चुहावट गर्ने कर्मचारी वा व्यवसायीलाई भ्रष्टाचार निवारण ऐन, अख्तियार दुरुपयोग ऐन, निजामती कर्मचारी ऐनअनुसार सरकारले कार्वाही गरिरहेको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *