Saturday, January 18, 2025
Home > मुख्य समाचार > रवि लामिछानेसहित तीनजनालाई पुनः ५ दिनको समय थप गरी अनुसन्धान गर्न अदालतको आदेश

रवि लामिछानेसहित तीनजनालाई पुनः ५ दिनको समय थप गरी अनुसन्धान गर्न अदालतको आदेश

चितवन । पत्रकार सालिकराम पुडासौनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई जिल्ला अदालत चितवनले ५ दिनको समय थप गरी अनुसन्धान गर्नका लागि अनुमति दिएको छ ।

आज मात्रै वयान सकेर समय थप गर्ने नगर्ने भन्ने विषयमा भएको वहसपछि अनुसन्धानका लागि अदालतले ५ दिनको समय थप गर्ने निर्णय गरेको हो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले सो निर्णय गरेको हो । सरकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायधिवक्ता यदुनाथ शर्माले थप अनुसन्धानका लागि १० दिनको समय माग गर्नुभएको थियो । सोको विरोधमा लामिछाने र युवराज कडेंलको तर्फबाट वरिष्ठ अधिवक्ता शुशिल पन्त, अधिवक्ता सुनिलकुमार पोखरेल, चूडामणि सापकोटा र अस्मिता कार्कीका तर्फबाट अधिवक्ता नारायण गिरीले बहस गर्नुभएको थियो । बहसका क्रममा उहाँहरुले लामिछानेसहित अन्य आरोपितहरु निर्दोष रहेको भन्दै रिहाईका लागि माग गर्नुभएको थियो । यस्तै भिडियोमा पुडासैनीले नाम उल्लेख गरेका न्यूज २४ का दीपक वोहोरासहितका अन्यलाई सरकारी साँचिका रुपमा वोलाउने निर्णय गरेको, भिसेरा रिपोर्ट आउन बाँकी रहेको, पोष्टमाटमको रिपोर्ट हेर्न बाँकी, डोरी किनेको ठाउँको भिडियो र अन्य भिडियोको वैज्ञानिक अनुसन्धान गरिनुपर्ने लगायतका काम बाँकी रहेकाले थप पाँच दिनका लागि समय थपिएको अधिवक्ता पोख्रेलले जानकारी दिनुभयो । वयान आज विहान मात्रै सकीएको र अनुसन्धानका लागि नेपाल प्रहरीको सिआईवि टोलीसमेत आईसकेकाले अदालतले समय थप गर्न दिईएको हो । यसैबीच लामिछानेका समर्थकहरुले आज पनि भरतपुरको चौविसकोठीमा विरोध प्रदर्शन गरिरहेका छन् । विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *