लक्ष्मी बैंकले मोरङको पूरानो सदरमुकाम रंगेलीमा आफ्नो शाखा विस्तार गरी संचालनमा ल्याएकोे छ । शाखाले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको रंगेली शाखा प्रमुख अनिरोध श्रेष्ठले जानकारी दिनुभयो । रंगेली शाखाको विस्तारसहित लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १ सय १४ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ । शाखाको विस्तार सँगै बैंकले रंगेलीका ग्राहकहरुलाई बेकिङ सेवा सहित इन्टरनेट बैंकिङ,मोवाईल फोन बैंकिङ सेवा र एटिएम सेवा दिने बताएको छ ।