Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > मोरङ व्यापार संघको ६४ औं साधारणसभा आज

मोरङ व्यापार संघको ६४ औं साधारणसभा आज

विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकार र निजी क्षेत्रको सहकार्य बिना मुलुकको आर्थिक विकास हुन नसक्ने बताउनुभएको छ ।

मोरङ व्यापार संघको ६४ औं साधारणसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहनुभएका दाहालले सरकार र निजी क्षेत्रको सहकार्य अहिलेको भन्दा अझै माथि उठाउनुपर्नेमा जोड दिनुभयो । दाहालले सरकार र निजी क्षेत्रले सहकार्यलाई अझै कसिलो र बलियो बनाउँदै मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने बताउनुभयो ।  उहाँले आयात प्रतिस्थापन गरी निर्यातलाई पवद्र्धन नगरेसम्म नेपालको व्यापार सन्तुलन कायम हुन नसक्ने उल्लेख गर्नुभयो । नेकपा नेतृत्वको वर्तमान सरकारले निजी क्षेत्रमैत्री र लगानीमैत्री ऐन बनाइरहेको उहाँले उल्लेख गर्नुभयो । नेपालमा लगानीको वातावरण बनिसकेको अध्यक्ष दाहालले दाबी गर्नुभयो । त्यस्तै उहाँले प्रदेश १ मा विकासको धेरै सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले विराटनगर प्रदेशको स्थायी राजधानी भइसकेको प्रस्ट पार्नुभयो । उहाँले राजधानीका संरचना छरेर प्रदेशको विकास नहुने चर्चा गर्दै अब विराटनगरलाई केन्द्र बनाएर प्रदेशको विकासमा जाग्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले व्यापार घाटा कम गर्न अति आवश्यक वस्तु खरिद गरेर विलासिताका वस्तु आयातलाई नियन्त्रण गर्ने दायित्व उद्योगी व्यवसायीहरुकै भएको प्रस्ट पार्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण बिना मुलुकको आर्थिक विकास हुन नसक्ने प्रस्ट पार्नुभयो ।

कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा कानुनमन्त्री हिक्कमकुमार कार्की, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, वरिष्ठ उद्योगी ताराचन खेतानलगायतले कार्यान्वयनमुखी र निजी क्षेत्रमैत्री बजेट ल्याउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *