बेलबारी । मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगितामा चर्च व्वाईज युनाईटेड काठमाण्डौ सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको उद्घाटन खेलमा मेची नेत्रालय काँकडभिट्टा फुटबल टे«निङ सेन्टर झापालाई ७–६ गोल अन्तरले पाखा लगाउँदै चर्च व्वाईज युनाईटेड काठमाण्डौले विजयी सुरुवात गरेको हो । निर्धारित समयमा १–१ बराबरीमा सकिएपछि खेलको छिनोफानो टाईब्रेकरबाट गर्नुपरेको थियो । खेलको म्यान अफ दी म्याच चर्च व्वाईजका मिलन राई घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ पाए । खेलको उद्घाटन प्रदेश सांसद एवं नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले गर्नुभएको थियो । बेलबारी नगरपालिका–१० भाउन्नेमा सुरु भएको प्रतियोगिता कात्तिक १० गतेसम्म चल्ने आयोजक समितिका अध्यक्ष छत्र लिम्बूले बताउनुभयो । आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख १ हजार र उपबिजेताले १ लाख १ हजार हात पार्नेछन् ।