Saturday, January 18, 2025
Home > मुख्य समाचार > मोतीहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको काम अन्तिम चरणमा

मोतीहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको काम अन्तिम चरणमा

बारा । मोतीहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको काम अन्तिम चरण पुगेको छ ।

९५ प्रतिशत काम सम्पन्न गरेको परियोजनाले आगामी असारदेखि पाइपलाइनबाटै अमलेखगञ्ज डिपोमा तेल भित्र्याउने तयारीका साथ काम अगाडि बढाएको हो । परियोजनाको जम्मा पाइपलाइनको दूरी ६९ किलोमिटर रहेको छ । ३२ दशमलव २० किलोमिटर भारतीय क्षेत्रमा र ३६ दशमलव २० किलोमिटर नेपाली क्षेत्रमा पर्दछ । जसमध्ये भारती भूमिमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ, भने नेपाली भूमिमा २ दशमलव ५ किलोमिटर मात्र बाँकी रहेको परियोजनाले जनाएको छ । सँगसँगै परियोजनाले भण्डारण क्षमता वृद्धिका लागि बाराको अमलेखगञ्ज डिपोभित्र रहेका चारवटा पुराना टंकीमध्ये तीनवटाको मर्मत गरी तयारी अवस्थामा राखिसकेको छ भने एउटाको मर्मत भइरहेको छ । तेल भण्डारण गर्न थप ६÷७ वटा भर्टिकल ट्यांक बढाउने योजना नेपाल आयल निगमले बनाएको छ । नेपाल आयल निगमका क्षेत्रीय प्रमुख इन्जिनियर प्रदीपकुमार यादवका अनुसार भण्डारण क्षमता, पाइपको अवस्था र केवलहरुको परीक्षणपश्चात दुवै देशका सरोकारवालाहरुले तय गरेपछि तेल सञ्चालनमा आउँछ अब भने पाइप बिछ्याई सकेपछि बाँकी काम पनि चाँडै सकिने परियोजनाले जनाएको छ । अहिले दैनिक तीन सय ट्यांकर भारतको रक्सौलस्थित इन्डियन आयलको डिपोबाट इन्धन भर्ने गरिएको छ । जसबापत निगमले ढुवानी भाडा मात्रै वार्षिक करिब दुई अर्ब रुपैयाँ दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *