Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > मेलम्चीमा चिनियाँ कम्पनीले काम सुरु गरेसँगै निमार्णको काममा तिब्रता

मेलम्चीमा चिनियाँ कम्पनीले काम सुरु गरेसँगै निमार्णको काममा तिब्रता

वर्षाैदेखि बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएको चिनियाँ कम्पनीले काम सुरु गरेसँगै निमार्णको काममा तिब्रता आएको छ । चिनियाँ कम्पनीले दुई सिफ्टमा काम गरेर भएपनि आउँदो असार मसान्तसम्म पानी सुन्दरीजल खसाल्ने दावी गरेको छ ।

इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाबाट हात झिके पछि अन्योलमा रहेको आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरु गरको छ । कम्पनीले ५० जना चिनियाँ र एक सय जना नेपाली कामदारबाट काम सुरु गरी सकेको छ । कम्पनीले आउदो असार मसान्तभित्र पानी सुन्दरीजल खसाल्ले योजनाका साथ हप्ता दिन भित्र थप एक सय कामदार थपेर दुई सिफ्टमा काम गर्ने भएको छ ।  कम्पनीले मिति नै घोषणा गरेर काम सुरु गरेपनि मेलम्चीको पानी अबको छ महिनामा काठमाडौं आउनेमा विश्वस्थ हुनसक्ने कुनै आधार भने देखिदैन । कामदारहरुको रकम सीएमसीले भुक्त्तानी गर्न नसकेका कारण स्थानीय ठेकेदारहरुले काम अवरोध गर्ने संभावना देखिएको छ ।

सीएमसीले स्थानीय ठेकेदार र सप्लायर्सहरुलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । यता, स्थानीयबासी सडक पूर्वाधार निमार्णमा भएको ढिलाईलाई लिएर आक्रोशित छन् । उनीहरुले सिन्धुपाल्चोकको पानी काठमाडौं लाने भए रोयल्टी बाँडफाँड, एक घर एक धारा उपलब्ध गराउनु पर्ने लगायतका माग गर्दै आएका छन ।  अनुगमनमा मेलम्ची पुग्नु भएकी खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले स्थानीय जनताका मागलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले समस्या समाधान गरी छिटो काम सम्पन्न गर्न सरकार अडिग रहेको बताउनुभयो ।

यस्तै, सांसदहरु सहित मेलम्ची खानेपानी आयोजना अनुगमनका लागि पुगेकी प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले पनि स्थानीयको माग सम्बोधन गर्न समितिले पहल गर्ने बताउनुभयो । सरकारले निर्धारीत समयमा काम सम्पन्न गरे बोनस दिने र ढिलो गरे फाइन तिर्नेगरी सम्झौता गरेको छ । २९ मंसिरमा इटालियन कम्पनी सिएमसीले आयोजनाको काम छोडेपछि २४ माघमा सिएमसीसँगको ठेक्का तोड्ने निर्णय गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *