Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > मेरो सरकार शब्दाबली अन्तर्राष्ट्रिय अभ्यास : सरकार

मेरो सरकार शब्दाबली अन्तर्राष्ट्रिय अभ्यास : सरकार

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले प्रयोग गर्नुभएकोे मेरो सरकार शब्दाबली अन्तराष्ट्रिय अभ्यास भएको स्पष्ट पारेको छ ।

संघीय संसद प्रतिनिधिसभाको आज बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रमका बारेमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो सरकार भन्ने शब्दाबली भुलबस नभई सुविचारित ढंगले जानीबुझी कन राखिएको आवश्यक शब्दाबली भएको बताउनुभयो । उहाँले जनताको प्रतिनिधि सरकारले मेरो सरकार भनेर अपनत्व लिएको पनि स्पष्ट पार्नुभयो । विपक्षी दलले महत्वहिन विषयलाई धेरै उचालेको भन्दै उहाँले पहाड खन्दा मुसो फेला परेको भन्दै प्रतिपक्षी दललाई व्यंग्य गर्नुभयो । उहाँले संविधान संसोधन भनेको जुनसुकै मौसममा पनि गाउन मिल्ने गीत नभएको भन्दै आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने स्पष्ट पार्नुभयो । अनावश्यक ढंगले संविधान संसोधनको विषयलाई उचाल्न आवश्यक नरहेको भन्दै उहाँले उद्देश्य र आवश्यकता अनुसार संसोधन गर्न सकिने बताउनुभयो ।उहाँले प्रदेश सरकार संघीय सरकारकै मातहतमै हुने भन्दै उहाँले त्यसमा धेरै नअलमलिन आग्रह गर्नुभयो । सरकारले एक बर्षका लागि मात्रै नभई दुरगामी दृष्टिका साथ नीति तथा कार्यक्रम ल्याएको दाबी पनि उहाँले गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *