Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > मृत भेटिएका गाइगोरुको घटनामा संलग्नलाई कारवाहीको माग

मृत भेटिएका गाइगोरुको घटनामा संलग्नलाई कारवाहीको माग

विराटनगर । विरेन्द्रनगर नगरपालिका कटकुवास्थित दैलेख सुर्खेत सडकखण्डको जंगलमा केहिदिन अघि मृत भेटिएका गाइगोरुको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै डेढ दर्जन बढी संघसंस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन ।

उँ कार परिवारकारुपमा एकत्रित भएका ती संस्थाहरुले जिल्ला कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएका हुन । उनिहरुले सो घटनामा १८ गाई र ६ वटा गोरु मृत भेटिएको तथा सयौंको संख्याका गाइगोरुलाई भीरबाट लडाएर गम्भीर घाइते बनाइएको घटनामा संलग्नको पहिचान गरि कारवाही गर्न माग गरेका हुन । हिन्दु जागरण नेपालका मोरङ सचिव कुशलकुमार निरौलाले ज्ञापनपत्र वाचन गर्नुहुंदै घटनामा संलग्नलाई पहिचानगरि दोषीलाई प्रचलित कानुन अनुसार कारवाही गर्न माग गर्नुभयो । प्रधानमन्त्रीलाई सम्बोधन गरि लेखिएको सो आशयको ज्ञापनपत्र सनातन धर्म सेवा समिति मोरङका अध्यक्ष शिवदत्त भट्टराईले मोरङका साहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलाई हस्तान्तरण गर्नुभयो । ज्ञापनपत्र बुझ्नुहुंदै साहायक प्रजिअ भण्डारीले फ्याक्स मार्फत आजै प्रधानमन्त्रीको सचिवालयलाई सो ज्ञापनपत्र पठाइने जानकारी दिनुभयो । ज्ञापन बुझाउन श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका मठाधिश स्वामी अच्युत प्रपन्नाचार्य सहित हिन्दु जागरण नेपाल,बैदिक कर्मकाण्ड परिषद, ब्राम्हण समाज,निम्बार्क बैष्णव परिषद,बैष्णव युवा परिषद,जैन समाज र रामानन्दाचार्य सेवा पिठ चतराधाम सहित विभिन्न संघसंस्थाका प्रतिनिधि विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । दैलेख सुर्खेत सडकखण्डको जंगलमा गएको भदौ १२ गते २४ वटा गाइगोरु मृत र अन्य घाईते अवस्थामा भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *