Saturday, January 18, 2025
Home > आर्थिक समाचार > मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन गर्ने घोषणा

मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन गर्ने घोषणा

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले किसानका लागि मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन गर्ने घोषणा गर्नुभएको छ ।

आफ्ना उत्पादनमा उचित मूल्य पाउन नसकेको गुनासो किसानहरुले गरिरहेका बेला मन्त्री खनालले किसानका लागि उचित मूल्य निर्धारण गर्न कृषि वस्तुको ‘मूल्य निर्धारण आयोग’ गठन गर्ने बताउनु भएको हो । आयोगलाई किसानहरुलाई मर्कामा नपर्ने गरी उनीहरुको उत्पादनको मूल्य निर्धारण गर्ने कार्यादेश दिने उहाँको योजना छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपाललाई मासुमा आत्मनिर्भर बनाउन चालू आर्थिक वर्षभित्रै ‘कृषिमा युवा कार्यक्रम’ संचालनमा ल्याउने तयारी गरिएको पनि बताउनुभयो । मन्त्री खनालले कुखुराको दानामा मूल्यवृद्धि उच्च भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको दाबी पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *