Saturday, January 18, 2025
Home > मुख्य समाचार > ‘मुलुकमा विद्यमान समस्याहरुको समाधान अहिले नगरे कहिले गर्ने ?’

‘मुलुकमा विद्यमान समस्याहरुको समाधान अहिले नगरे कहिले गर्ने ?’

काठमाडौं, ३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि मुलुकमा विद्यमान समस्याहरुको समाधान नगरे कहिले गर्ने भनि प्रश्न गर्नु भएको छ ।

अध्यक्ष दाहालले कम्युनिष्ट नेतृत्वको दुई तिहाईको सरकारका लागि जनताको आधारभूत समस्या समाधान गर्ने ऐतिहासिक अवसर आएको उल्लेख गर्दै अहिले पनि नगरे कहिले गर्ने भनि गम्भिर प्रश्न उठाउनु भएको हो । आज काठमाडौंमा आयोजित माध्यामिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलामा बोल्दै उहाँले धेरै लामो संघर्ष, बलिदान र मिहिनेतपछि प्राप्त यो अवसर सदुपयोग गरेर मुलुकमा विद्यमान शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो ।  अध्यक्ष दाहालले विकसित मुलुकहरुले समेत पहिलो प्राथमिकतामा राखेको शिक्षा क्षेत्रको समस्या समाधानको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । त्यस अवसरमा अध्यक्ष दाहालले अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भिरतापूर्वक छलफल गर्ने आश्वासन पनि दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *