Saturday, January 18, 2025
Home > मुख्य समाचार > मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल : गृहमन्त्री

मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल : गृहमन्त्री

काठमाडौं, ८ फागुन । गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको शून्य र विशेष समयमा राष्ट्रियसभा सदस्यहरुले उठाएका समसामयिक विषयका बारेमा आज बसेको राष्ट्रियसभाको बैठकमा जानकारी गराउदै उहाँले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताउनुभएको हो । उहाँले कंञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नहरुको खोजी भईरहको तथा अपराधी पत्ता लगाउन उदासिनता देखाउने प्रहरीमाथि पनि कारवाही भएको जानकारी गराउनुभयो । उहाँले सुन तस्करीको सञ्जाललाई सरकारले ध्वस्त पार्न सफल भएको र सम्बन्धीत अपराधीलाई कानूनी कठघरामा ल्याईएको पनि जिकिर गर्नुभयो । उहाँले सुन काण्डको सवालमा सुन तस्करीमा संलग्न ठूला माछाहरु मूलभूत रुपमा नियन्त्रणमा आईसकेको भए पनि केही माछाहरु अझै जाल बाहिर रहेको स्वीकार गर्नुभयो ।

राष्ट्रियसभा सदस्यहरु बृषेश चन्द्र लाल, सरिता प्रसाई, कोमल ओली, अनिता देवकोटा, जितेन्द्र नारायण देव, रामपृत पासवान, रामनारायण विडारी, विन्दादेवी आले रानाले गृहमन्त्री थापाको वक्तव्यमा केन्द्रीत रही प्रश्न गरेका थिए । राष्ट्रियसभा सदस्य विडारीले बैठकमा निर्मला पन्तको बलात्कारपछिको हत्या घटनाको प्रमाण लोप गर्ने प्रहरी अधिकारीमाथि फौजदारी अपराध संहिताअन्र्तगत मुद्दा चलाउनका लागि माग गरिएको स्मरण गराउँदै सो भयो कि भएन भनी प्रश्न गर्नुभएको थियो । जवाफमा गृहमन्त्री थापाले घटनाको प्रमाण लोप गर्ने प्रहरी अधिकारीमाथि अनुसन्धान जारी रहेको भन्दै निष्कर्ष आएपछि थप कारवाही गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *