Saturday, January 18, 2025
Home > मुख्य समाचार > मिथिला क्षेत्रका मठमन्दिर र सरोवरहरु भने प्रचार प्रसारको अभाबमा ओझेलमा

मिथिला क्षेत्रका मठमन्दिर र सरोवरहरु भने प्रचार प्रसारको अभाबमा ओझेलमा

जनकपुर । पर्यटन बर्ष २०२० को शुभारम्भ हुन अब केही दिन मात्र बाँकी छ । पर्यटन वर्षमा नेपालमा लाखौ पर्यटक भित्रयाउने लक्ष्य लिएपनि पर्यटनको केन्द्र बन्ने संभावना बोकेका मिथिला क्षेत्रका मठमन्दिर र सरोवरहरु भने प्रचार प्रसारको अभाबमा ओझेलमा परेका छन ।

धार्मिक , ऐतिहासिक र पुरातात्विक महत्वको लागि प्राचीन मिथिलाको राजधानी जनकपुरधाम अति नै महत्वपूर्ण मानिएको छ । तर प्रचार प्रसारको अभाबमा यहॉका मठमन्दिर, पोखरी र सरोवरहरु ओझेलमा पर्दै गएका छन ।जनकपुर पुग्ने पर्यटकहरु त्याहा जनकपुरमा कमै दिन विताउने गरेका छन । जानकी मन्दिर, राममन्दिर र विवाह मण्डप आर्कषणको केन्द्र रहेपनि जानकारीको अभाबमा आन्तरिक र बाह्य पर्यटकहरु अन्य महत्वपूर्ण ठाँउहरुको अबलोकन नै नगरि आफनो गन्त्वय तर्फ लाग्ने गरेका छन् । गैर सरकारी संस्था महासंघका प्रदेश नम्बर २का अध्यक्ष धिरेन्द्रबहादुर सिंहले मिथिलाको सम्पादहरुको उचित प्रचारप्रसार नभएको कारणले ओझलमा परेको बताउनुभयो ।

मिथिला मध्यमा परिक्रमा क्षेत्रभित्र रहेका धनुषाधाम, परशुराम तलाव, मणिमण्डप लगायतका ऐतिहासिक र पुरातात्विक महत्वका धरोहरहरुलाई पर्यटन बर्षले छोएको छैन । हिन्दुहरुको आस्थाको केन्द्र रहेको जनकपुरमा विश्वका हिन्दुहरु आउने गरेका छन । सिताको जन्म भुमि र प्राचीन मिथिलाको सभ्यताको केन्द्रको रुपमा रहेको जनकपुरको पर्यटकीय विकासको लागि अहिले प्रचारप्रसारको आवश्यकता रहेको राजपाका नेता सतिष लाल कर्णले बताउनुभयो । भगवान रामले जानकीसंग बिहे गर्नु पूर्व भाचेको धनुषको तिन टुक्रा मध्येको एकको नाउबाट नामाकरण गरिएको धनुषाधाम मन्दिर यति खेर सुनसान रहेको छ । पर्यटकलाई लक्षित गर्दे जनकपुरमा कराडौ लगानीमा होटलहरु समेत खुल्न थालेका छन । राज्यको तर्फबाट उचित प्रचारप्रसार नभएको भन्दै जनकपुरका होटल व्यवयसायीहरु विशेष प्याकेज र सम्पादहरुको प्रचारप्रसारको लागि आफूहरु क्रियाशिल रहेको बताउछन ।

मिथिला क्षेत्रमा पर्यटन प्रवद्र्धनको बिकास र बिस्तारको लागि जनकपुरमा बृहत्तर जनकपुर क्षेत्र बिकास परिषद, बिदेह मिथिला पर्यटन प्रर्बद्धन बिकास समिति र अञ्चल पर्यटन कार्यालय खोलिएका छन । तर जानकी मन्दिरको महत्व बुझेर पर्यटकहरु आफै आउने गरेपनि प्रचार प्रसारको अभाबमा अन्य महत्वपूर्ण ठाँउहरु सम्म पुग्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *