भक्तपुर । सभामुख कृष्ण.बहादुर महराले माफियाहरुले देशै हडप्न खोजिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
आज भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा सनिबार राष्ट्रिय वृक्षरोपण तथा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही मान्छेहरुले देशै हड्प्न खोजेको बताउनुभएको हो । सार्वजनिक जग्गा, बन पोखरी , सामुदायिक बन लगायत प्राकृतिक सम्पदाहरु व्यक्तिले हडप्ने प्रयास भईरहेको भन्ने सन्र्दभमा उहाँले ‘त्यत्ति मात्रै नभई केही मान्छेहरु देशै हडप्न लागेको’ बताउनुभएको हो । उहाँले यसलाई ‘राजनीतिक प्रदुषण’ को संज्ञा दिनुभयो ।
सभामुख महराले व्यक्तिका नाममा गएका सार्वजनिक जग्गा, बन , पोखरी लगायत सम्पत्तिलाई समुदायको नाममा फर्काउने ठूलो अभियान सरकारले सुरु गरिसकेको बताउनुभयो । राष्ट्रिय वृक्षरोपण कार्यक्रम अन्र्तगत सो स्थानमा २ सय बढी एभोगाडोका विरुवा रोपिएका थिए ।