Saturday, January 18, 2025
Home > मुख्य समाचार > मापसे गरी सवारी चलाउने २ हजार बढी ब्यक्ति मोरङ ट्राफिकको कारवाहीमा परे

मापसे गरी सवारी चलाउने २ हजार बढी ब्यक्ति मोरङ ट्राफिकको कारवाहीमा परे

विराटनगर । गएको ९ महिनामा मादकपदार्थ सेवनगरि सवारीसाधन चलाउने २ हजार बढी ब्यक्ति मोरङ ट्राफिकको कारवाहीमा परेका छन ।

२०७५ साउनदेखि चैत्र मसान्तसम्ममा मापसेगरि मोटरसाईकल सहितका सवारीसाधन चलाउने २ हजार ३७ जना कारवाहीमा परेका छन । कारवाहीमा परेकाहरु मध्येबाट २० लाख ३७ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । असोज १ गते यता जिल्ला प्रहरी कार्यालय मोरङले मापसेगरि सवारीसाधन चलाउनेबिरुद्ध कारवाहीस्वरुप परीक्षा लिन थालेपछि पछिल्लो समय मापसेगरि सवारीसाधन चलाउनेहरुको संख्यामा कमि आएको छ । सवारीसाधन कुदाउने क्रममा मापसे गरेको पुष्टि भए करवाहीस्वरुप लिइने सचेतनामुलक परीक्षामा ८० प्रतिशत अंक ल्याएर उतीर्ण हुनुपर्ने नियम बनाइएको छ । यस्तै जरिवाना स्वरुप एकहजार तिर्नुपर्ने तथा लाइसेन्समा समेत ट्राफिक प्रहरीले प्वाल पारिदिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *