Saturday, January 18, 2025
Home > मुख्य समाचार > मानसिक सन्तुलन गुमाएका व्यक्तिहरु सडकमै अमानवीय जीवनयापन गर्दै

मानसिक सन्तुलन गुमाएका व्यक्तिहरु सडकमै अमानवीय जीवनयापन गर्दै

विराटनगर । मानसिक सन्तुलन गुमाएका दर्जनौं ब्यक्ति विराटनगर महानगरपालिकाको सडकमा बरालिंदै गरेका भेटिन्छन । परिवार र राज्यद्वारा वेवास्ता गरिएका उनिहरु सडकमै अमानवीय जीवनयापन गरिरहेका छन ।

दर्शकबृन्द विराटनगर तीनपैनीको मेनरोडमा १० बजे राति खिचिएको दृष्य हो । फोहोरको डंगुरबीचमा एकजना महिला अंध्यारोमा बसेर कपाल कोरीरहेकी छिन । रात्रीकालिन समयभए पनि सवारी साधनको आउजाउ भइरहेको छ । तर उनि यो सबै कुराहरुबाट बेवास्ता गर्दै आफ्नै धुनमा मस्त छिन । मानसिकरुपले विक्षिप्त यी महिला यो क्षेत्रमा नियमित देखिन्छिन । उनको ठेगाना र परिचय के हो कसैलाई थाहा छैन । आफुलाई समेत बिर्सिसकेकी यि महिला दिनभरि सडकमा फालिएका प्लास्टिक लगायतका फोहोर बटुल्ने र त्यसलाई पोको बनाएर सडकमै यताउति घुमीरहेकी हुन्छिन । सकडमै उनको रात वित्ने गरेको छ ।
यो अर्को दृष्य स्थानिय वीरेन्द्र सभागृह अगाडि खिचिएको हो । नगरकै कुनै सम्भ्रान्त परिवारले भोजभतेर सकेर सडकमै मिल्काइदिएको जुठोको फोहोरमा आफ्नो आहारा खोज्दैछन एक ब्यक्ति । मानसिकरुपले विक्षिप्त यि ब्यक्ति कुकुरले समेत खान नरुचाएको जुठोको फोहोरबाट खाना संकलन गरेर खांदैछन । कयौ बटुवाहरु त्यही बाटो भएर आउजाउ गरिरहेका छन । तर उनको अवस्थाप्रति कसैलाई चासो छैन ।

यि दुइ महिला र पुरुष प्रतिनिधि पात्र मात्र हुन । विराटनगर महानगरपालिकाको १९ वटै वडाका सडकहरुमा मानसिकरुपले विक्षिप्त ब्यक्तिहरु यसरी नै सडकमा बराली रहेका हुन्छन । तर उनिहरुको अवस्थाका बिषयमा कसैले चासो दिएको पाईदैन । कडा खालको मानसिकरोगबाट पीडित यसप्रकारका ब्यक्तिहरुको संख्या कति छ भन्ने तथ्यांक समेत सम्बन्धित निकायसंग छैन । कुनै समय आफ्नो परिवारको भरणपोषण गर्नुका साथै राज्यलाई समेत विभिन्न शिर्षकमा कर तिरेका यी नागरीकहरुको उपचार तथा पुर्नस्थापनमा परिवार र सम्बन्धित निकाय अनुदार देखिएका छन । महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने उनिहरुकोे उपचार र पुर्नस्थापनासहितको गृहकार्य भइरहेको बताउनहुन्छ ।

चेत गुमाएका र कडा खालको मानसिक रोगबाट ग्रसित कतिपय ब्यक्तिहरुका हरकतका कारण सडकप्रयोगकर्ता महिला र सर्वसाधारणलाई असजिलो समेत हुने गरेको छ । नयां संबिधानले खाद्य सम्प्रुभता, आवास र स्वास्थयलाई मौलिकहकको रुपमा सुनिश्चित गरीसकेको छ । यो अवस्थामा सडकमा अलपत्र पारिएका यि नागरीकहरु त्यसबाट बञ्चित हुनु दुखद बिषय हो । यसतर्फ सम्बन्धित निकायको ध्यान पुगोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *