Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन सरकारसँग माग

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन सरकारसँग माग

काठमाडौं, १९ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन सरकारसँग माग गर्नु भएको छ ।

नेता रावलले आयोजना विकास सम्झौता अनुसार भारतीय कम्पनी जिएमआरले सो आयोजनाको काम अघि नबढाउँदा पनि कुनै कदम चाल्न नसकेको भन्दै सरकारको चर्को आलोचना पनि गर्नु भयो । आज प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले जिएमआर कम्पनीले सो आयोजनाको काम अघि बढाउन ठेक्का पाएपनि सो सम्झौता अनुसार काम गराउने काममा सरकार गैरजिम्मेवार भएको आरोप पनि लगाउनु भयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा आएका बेला सो सम्झौता अघि बढाउन प्रतिवद्धता जनाएको भएपनि त्यसलाई अघि बढाउन नसकेकोमा नेता रावलको आपत्ति छ । ९ सय मेघावाट क्षमताको सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन जिएमआर कम्पनीसँग २०७१ साल असोज ३ गते गरिएको सम्झौंता कार्यान्वयनमा नआएपछि सत्तारुढ नेकपाका नेता रावलले असन्तुष्टि जनाउनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *