Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > महिला सहयात्रा माईक्रोफाईनान्सलाई एक लाख डलरसहित सम्मान

महिला सहयात्रा माईक्रोफाईनान्सलाई एक लाख डलरसहित सम्मान

काठमाडौं, ७ फागुन । संयुक्त राष्ट्र संघले नेपालको महिला सहयात्रा माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडलाई एक लाख डलरसहित सम्मान गरेको छ ।

संयुक्त राष्ट्र संघीय महिलाहरुको अवस्था सम्बन्धि ६३ औं महासभामा महिलाहरुको सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान दिएकोमा सो संस्थालाई एक लाख डलरसहित ‘राजकुमारी सविका विन्त अब्राहिम अल–खालिफा ग्लोबल अवार्ड’द्धारा सम्मान गरेको हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी संस्थाले निजी क्षेत्रको तर्फबाट महिला सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत आफ्नो संस्थालाई संयुक्त राष्ट्र संघले एक लाख डलरसहित सम्मान गरेको जानकारी दिएको छ । संस्थाकी प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धरले विगत ३ वर्षयता महिला सशक्तिकरणको क्षेत्रमा विश्वमा निजी क्षेत्रहरुले खेल्दै आएको योगदानको मूल्यांकन गरेर आफ्नो संस्थाले सो पुरस्कार प्राप्त गरेको पनि जानकारी दिनु भयो ।

महिला सहयात्रा माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडले नेपालको दुर्गम क्षेत्रमा समेत लघु उद्यम विकास कार्यक्रम संचालन गरी महिलाहरुको सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत मानन्धरले ग्रामिण क्षेत्रका महिलाहरुमा उद्यम विकास र बजारीकरणसम्बन्धि आवश्यक ज्ञान तथा सीप र त्यसका लागि आवश्यक लगानीको समेत व्यवस्था गरेपछि संयुक्त राष्ट्र संघले आफ्नो संस्थालाई सम्मान गरेको पनि स्पष्ट पार्नु भयो । ९३ जना महिला र ४ वटा बैंक संस्थापक रहेको यस संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई सीप विकास र तालिम तथा बजारीकरणमा उदाहरणीय काम गर्दै आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *