मोरङ, २८ पुष । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले मोरङको बूढीगंगा गाउँपालिकाको पुष्पलालचोकस्थित महिला जागृति वृद्धाश्रमका वृद्धा आमाहरुलाई न्यानो कपडा प्रदान गरेको छ ।
प्रतिष्ठानले चिसोका कारण वृद्धाहरुलाई समस्या नहोस् भनेर ब्लाङ्केट लगायतका न्यानो कपडा प्रदान गरेको हो । साहित्य र समाजसेवामा सक्रिय प्रतिष्ठानले वृद्धाआश्रममा आश्रित १२ जना वृद्धा आमाहरुलाई न्यानो कपडा कपडा प्रदान गरेको प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले बताउनुभयो । कार्यक्रममा अध्यक्ष सुवेदीसहित सचिव उमेश दाहाल र मीनकुमार नवोदितले वृद्धाहरुलाई ब्लाङ्केट प्रदान गर्नुभएको थियो । परिवारबाट अपहेलित र छोराछोरी नभएका वृद्धा आमाहरुलाई आश्रय दिँदै आएको वृद्धाश्रमकी अध्यक्ष भुवनेश्वरी आचार्यले जानकारी दिनुभयो । प्रतिष्ठानले वार्षिक रुपमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई पुरस्कार प्रदान, चेतना मासिक कार्यक्रमसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।