Saturday, January 18, 2025
Home > मुख्य समाचार > महामन्त्री कोइरालाले हिन्दु राज्यको पक्षमा पुनः वकालत गर्दै

महामन्त्री कोइरालाले हिन्दु राज्यको पक्षमा पुनः वकालत गर्दै

काठमाडौं, ६ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा पुनः वकालत गर्नु भएको छ ।

काँग्रेस महामन्त्री कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सार्नु भयो । आज काठमाडौंको टोखास्थित आफ्नै निवासमा होलीको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले धेरैजसो हिन्दु धर्मालम्बीहरुले सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको माग अनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको पनि स्पष्ट पार्नु भयो । राज्य धर्म निरपेक्ष र सापेक्ष दुवै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दवाव दिन पनि सबैलाई आह्वान गर्नु भयो । उहाँले आफ्नो पार्टी जनताले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको पनि बताउनु भयो । फरक प्रसंगमा महामन्त्री कोइरालाले पार्टीको विभागहरु तत्काल गठन गर्न पनि सभापति शेरबहादुर देउवासँग दवाव दिनु भयो । उहाँले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । कम्युनिष्टहरु एकजुट भएका बेला पार्टी भित्रको एकता नहुने हो भने आगामी निर्वाचनमा पनि काँग्रेस विजयी हुन नसक्ने महामन्त्री कोइरालाको बुझाई छ ।

महामन्त्री कोइरालाले पार्टी भित्रको एकताको पक्षमा आफूले पहल गर्दै आएको पनि स्मरण गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *