Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > मन्त्री विष्टद्धारा सबै श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभुत गर्ने प्रतिवद्धता

मन्त्री विष्टद्धारा सबै श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभुत गर्ने प्रतिवद्धता

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभुत गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

१९ औ व्यवसायजन्य सुरक्षा दिवसको अवसरमा आज बिहान काठमाडौमा भएको प्रभातफेरी पछि प्रज्ञा प्रतिष्ठानमा आयोजित कोणसभालाई सम्बोधन गर्दे मन्त्री बिष्टले श्रमिकको हक हितका पक्षमा नीति निर्माण गरि सोही नीतिका आधारमा व्यवसायजन्य सुरक्षाको व्यवस्था गरिने बताउनुभएको हो । उहाँले दैनिक कामका लागि विदेशीने युवाहरुलाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्ने ढंगले सरकारले आवश्यक नीति नियम बनाउन लागेको उल्लेख गर्नुभयो । उहाँले सबैलाई सामाजिक सुरक्षा ऐनको दायरामा ल्याई उचित पारिश्रमिक, स्वास्थ्य सेवा , पेन्सन लगायतको सुनिश्चित गर्दै कार्यस्थललाई मर्यादित, स्वास्थ्यकर र सुरक्षित पार्ने विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो ।

कार्यक्रममा व्यवसायीहरुले व्यवसायजन्य स्वास्थ्य क्षेत्रमा सरकारी लगानी बढाउन माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *